५ लाख गरीब परिवारले १० हजार नगद अनुदान पाउने

काठमाडौं । सरकारले ५ लाख गरीब तथा विपन्न परिवारलाई प्रति परिवार १० हजार नगद अनुदान दिने घोाषणा गरेको छ ।

 

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै कोरोना महामारीका कारण रोजगारी  गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका ५ लाख परिवारलाई १० हजार नगद उपलब्ध गराउने घोषणा गरेका हुन् ।

 

‘कोभिड-१९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई एक पटकका लागि प्रति परिवार रु १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको छु,’ उनले भने ।

अब दीर्घरोगीले मासिक ५ हजार भत्ता पाउने Read Previous

अब दीर्घरोगीले मासिक ५ हजार भत्ता पाउने

अघिल्लो सरकारले ल्याएको बजेटको आकार १५ अर्ब घटाइयो (संशोधित बजेटको पूर्णपाठ) Read Next

अघिल्लो सरकारले ल्याएको बजेटको आकार १५ अर्ब घटाइयो (संशोधित बजेटको पूर्णपाठ)