अघिल्लो सरकारले ल्याएको बजेटको आकार १५ अर्ब घटाइयो (संशोधित बजेटको पूर्णपाठ)
चाणक्य पोष्ट
प्रकाशित : 4:26 pm, शुक्रबार, भदौ २५, २०७८

Advertisement Section

काठमाडौं । सरकारले बजेटको आकार १५ अर्बले घटाएको छ । अर्थमन्त्री जनार्दन शर्माले अघिल्लो सरकाले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जन गर्दै आकार १५ अर्ब घटाएका हुन् ।

 

अर्थमन्त्री शर्माले संसदमा चालु आर्थिक वर्षका १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक पेश गरेका हुन् । यसअघि खड्गप्रसाद ओली सरकारले अध्यादेशमार्फत १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको थियो ।

 

अर्थमन्त्री शर्माले केन्द्र सरकारको लागि चालु खर्चका लागि ६ खर्ब ७७ अर्ब ९९ करोड, पूँजीगत खर्च ३ खर्ब ७८ अर्ब १० करोड र वित्तीय व्यवस्थापनका लागि १ खर्ब ८९ अर्ब ४४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

 

सरकारले खर्च व्यहोर्नका लागि १० खर्ब ५० अर्ब ८२ करोड राजश्वबाट उठाउने, ५९ अर्ब ९२ करोड वैदेशिक अनुदान प्राप्त हुने जनाएको छ । यसैगरी, २ खर्ब ८३ अर्ब ९ करोड वैदेशिक र २ खर्ब ३९ अर्ब आन्तरिक ऋणबाट बेहोरिने जनाएको छ ।

 

यस्तै, सरकारलेऋणको लक्ष्य ३७ अर्बले घटाएको छ ।

 

Advertisement Section