काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको छ ।
यसैक्रममा, सिनर्जीले सानिमा क्यापिटललाई हकप्रद सेयर विक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४० करोड ३२ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
हकप्रद सेयर निष्काशन सम्बन्धी सम्झौतामा सिनर्जी पावरका तर्फबाट प्रबन्ध सञ्चालक सुरेन्द्रबहादुर खड्का र क्यापिटलका तर्फबाट भीष्मराज चालिसेले हस्ताक्षर गरे ।
हाल ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्कासनपछि चुक्ता पूँँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।