डिशहोम एक्सन स्पोर्टसले नेपाल र बंगलादेश बीचको फुटबल लाइभ गर्ने

काठमाडौं । दशरथ रंगशालमा बिहीबार र आइतबार हुने नेपाल र बंगलादेश राष्ट्रिय महिला टोलीबीचको मैत्रीपूर्ण फुटबल खेलको प्रत्यक्ष प्रसारण डिशहोम एक्सन स्पोर्ट्स एचडीले गर्ने भएको छ ।

 

अखिल नेपाल फुटबल संघ (एन्फा) र डिश मिडया नेटवर्टको एक्सन स्पोर्ट्सबीच बिहीबार प्रत्यक्ष प्रसारण सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एन्फाका महासचिव इन्द्रमान तुलाधर र डिशहोम अन्तर्गत ओइपीएलका चेयर म्यान दयाराम पाण्डेले हस्ताक्षर गरे ।

 

सम्झौता अनुसार डिशहोम एक्सन स्पोर्ट्सले दुई वटा मैत्रीपूर्ण खेलको प्रसारण अधिकार प्राप्त गरेको छ । जसमा विज्ञापनबाट प्राप्त रकम डिशहोम एक्सन स्पोर्टसले र एन्फाले ५०/५० प्रतिशत बाँड्नेछन् ।

 

ओइपीएलका चेयर म्यान दयाराम पाण्डेले डिशहोमले विश्वकप, युरोकप र स्पेनिस ला लिगादेखि देशका दूरदराजमा हुँदै आएको घरेलु फुटबल प्रत्यक्ष प्रसारण गरेर आफ्नो छुट्टै पहिचान बनाएको बताए । ‘एन्फासँगको यस सहकार्य आगामी दिनमा पनि निरन्तर दिन चाहन्छौं । एन्फासँगको सहकार्य यो सुरुवात मात्र हो । भविष्यमा हाम्रो सम्बन्ध यो भन्दा माथिको हुनेछ,’ पाण्डेले भने ।

 

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले महिला फुटबलको प्रत्यक्ष प्रसारण डिशहोम एस्कसन स्पोर्टसलेबाट गर्न पाउनु खुशीको क्षण भएको बताए । ‘महिला फुटबललाई पनि देश विदेशका दर्शकसामु पुर्याउने हाम्रो लक्ष्य हो । अन्तिम क्षणमा आएर हामी सम्झौता गर्न सफल भएका छौं । यो आर्थिक रुपले भन्दा एन्फा र डिसहोमको सामाजिक उत्तरदायित्वसँग सम्बन्धित छ,’ शेर्पाले भने ।

 

नेपाली महिला टोलीले एएफसी महिला एसियन कप २०२२ को तयारीका लागि बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो । छनोट खेलमा ९ दिनपछि उज्वेकिस्तानमा हुँदैछ ।

 

नेपाल समूह ‘एफ’मा परेको छ । नेपालको समूहमा फिलिपिन्स र हंङकङ छन् । समूहको शीर्ष टोली सन् २०२२ मा भारतमा हुने एएफसी महिला एसियन कपमा सहभागी बन्नेछ ।

अब काठमाडौं-दिल्ली सातामा १० उडान हुने, अन्य कुन देशमा कति ? (तालिकासहित) Read Previous

अब काठमाडौं-दिल्ली सातामा १० उडान हुने, अन्य कुन देशमा कति ? (तालिकासहित)

नव नियुक्त प्रधानसेनापति प्रभुराम शर्माको कति छ सम्पत्ति ? (विवरणसहित) Read Next

नव नियुक्त प्रधानसेनापति प्रभुराम शर्माको कति छ सम्पत्ति ? (विवरणसहित)