राष्ट्र बैंकले ३० अर्बको रिपो जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकिङ प्रणलीमा तरलता अभाव भएपछि राष्ट्र बैंकले बिहीबार उक्त रिपो जारी गर्न लागेको हो ।

 

१४ दिनको लागि जारी गर्न लागिएको रिपोमा ‘क’, ‘ख’ र ग वर्गका बैंक तथा वित्तिय संस्थाले अनलाइन विडिङ प्र्रणली माफर्त सहभागी हुनसक्ने बैंकले जनाएको छ ।

 

पछिल्लो समय बैंकिङ प्रणलीमा तरलता अभावका कारण अन्तर बैंक सापटी ४.९१ प्रतिशत पुगेको छ । चाडपर्व नजिकिएसँगै बैंकहरुले कर्जा प्रवाह पनि बढाएका कारण तरलता अभाव देखिन थालेको हो ।

 

बैंकहरुमा रकम अभाव देखिएमा तरलता व्यवस्थापनको लागि नियामक निकाय राष्ट्र बैंकले बेलाबेलामा रिपो जारी गर्दै आएको छ ।

अधिकांश हार्डवेयर दर्ता र नवीकरण बिनै सञ्चालित, ३ लाखसम्म जरिवाना Read Previous

अधिकांश हार्डवेयर दर्ता र नवीकरण बिनै सञ्चालित, ३ लाखसम्म जरिवाना

दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि, अब ४ हजार मिटर ड्रिलिङ गरिने Read Next

दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि, अब ४ हजार मिटर ड्रिलिङ गरिने