अधिकांश हार्डवेयर दर्ता र नवीकरण बिनै सञ्चालित, ३ लाखसम्म जरिवाना

काठमाडौं । भक्तपुर नगरपालिकाले दर्ता नगरी सञ्चालित हार्डवेयर पसलहरुलाई कारबाही गर्ने भएको छ ।

 

नगरपालिकाको अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा बुधबार सल्लाघारी, व्यासी र देकोचालगायतमा सञ्चालित हार्डवेयर पसलहरुको अनुगमनका क्रममा यस्तो जानकारी गराइएको हो ।

 

अनुगमनमै नगरपालिकाले स्थानीय तहमा पसल दर्ता नभए ५० हजारदेखि १ लाखसम्म, बिलविना सामान विक्री गरे ३ लाख रुपैयाँसम्म र इष्टिमेट बिलमा विक्री गरे २० हजार रुपैयाँ जरिवाना गर्ने गरेको छ ।

 

अनुगमनमा गणेश एन्ड ट्रेडर्स, ब्रह्मायणी महादेवी हार्डवेयर प्रालि, सूर्यविनायक हार्डवेयर, कञ्चन हार्डवेयर एन्ड पोली ट्रेड, एसएन हार्डवेयर सेन्टर, इन्जिनियर्स हार्डवेयर, चाँगुनारायण हार्डवेयर, टाइम एन्ड स्टाइल सप्लायर्स, कुमारी हार्डवेयरले दर्ता नवीकरण नगरेको, नापतौल विभागमा तराजु नवीकरण नगरेको, सामान भ्याट बिलविना विक्री गरेको, मूल्यसूची नराखेको, खरिद विक्री बिल नराखेको, चिसो भुइँमा डल्ला पर्ने गरी सिमेन्ट र खिया लाग्ने ठाउँमा डण्डी भण्डारण गरेको पाइएको निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

पोखरामा डिशहोमको फाइबर नेट विस्तार Read Previous

पोखरामा डिशहोमको फाइबर नेट विस्तार

राष्ट्र बैंकले ३० अर्बको रिपो जारी गर्दै Read Next

राष्ट्र बैंकले ३० अर्बको रिपो जारी गर्दै