काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले शाखा विस्तारको क्रममा आफ्नो थप ६ शाखा संचालनमा ल्याएको छ ।
यस बैंकले काठमाण्डौं जिल्लाको टोखा र तिलगङ्गा , भक्तपुर जिल्लाको च्यामासिङ , ललितपुर जिल्लाको सानेपा, दाङ जिल्लाको तुल्सीपुर र सिन्धुपाल्चोक जिल्लाको तातोपानी शाखा तथा तातोपानी भन्सार राजश्व संकलन काउन्टर उद्घाटन गरी औपचारिक कारोबार शुभारम्भ भएको छ ।
यी ६ शाखाहरु सहित बैंकले ९४ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ७८ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको कुरा पनि जानकारी गराएको छ।