काठमाडौं । यो हप्ताको अन्त्यतिर विश्व आर्थिक क्षेत्रमा दूरगामी महत्व राख्ने दुई घटना घट्दैछन् । पहिलो, केन्द्रीय बैंकरहरु, प्रज्ञिक व्यक्तित्वहरु र अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरु ‘ज्याक्सन होल’मा भेट्दैछन् ।
यसैगरी, विश्वका ठूला सात धनी देशहरुको समूह ‘जी ७’ का नेताहरु पनि सप्ताहन्तमा भेट्दैछन्, फ्रान्समा । दुवैका एजेण्डा पछिल्ला आर्थिक सूचकहरुको विश्लेषण गर्नु हुनेछ ।
विश्वव्यापी रुपमा शुरु हुन थालेको आर्थिक धिमापन र मन्दीको जोखिम देखाएका छन् सूचकहरुले, यसलाई आर्थिक मन्दिको बाछिटाको रुपमा बुझ्न सकिन्छ ।
नेताहरुले आर्थिक मन्दीको जोखिमका बारेमा उठेका शंकाहरुको बारेमा जवाफ दिनुपर्नेछ । र, आर्थिक मन्दी शुरु भएमा दिर्घकालिन रुपमा त्यसले पार्न सक्ने आर्थिक, सामाजिक र राजनीतिक प्रभावहरुको पनि लेखाजोखा गर्नुपर्नेछ ।
सन् २०१९ को दोस्रो त्रैमासमा युरोपको आर्थिक इन्जिनको रुपमा चिनिएको जर्मनीको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर घटेको छ । तेस्रो त्रैमासमा झनै घट्ने अनुमान छ ।
विश्व व्यापारमा समस्याहरु छन् । मुद्रा युद्ध चलिरहेको छ । बे्रक्जीटको प्रक्रिया चालु छ । र, केही कम्पनीहरु उच्च सञ्चित ऋणका कारण वित्तीय जोखिममा छन् । यस्ता समस्याहरु थप सघन भएमा विश्व आर्थिक मन्दीको चपेटामा नफस्ला भनेर भन्न सकिदैन ।
अमेरिकी बण्ड ऋणात्मक भएको छ, जसको मतलब अमेरिकी सरकारले लिने ऋणको लागत तत्काल भन्दा दीर्घकालमा कम हुनेछ । एकदमै अस्पष्ट खालको वित्तीय संरचना देखिन्छ । तर, आगामी आर्थिक मन्दीको पूर्वानुमानको लागि भने प्रभावकारी हुनसक्छ ।
तर, यी सबै सूचकहरुले आर्थिक मन्दी तर्फ नै दोर्याउँछन् भनेर ठोकुवा नै गर्न भने सकिदैंन । विश्व अर्थतन्त्रमा केही बलियो आधारहरु छन् । धेरै अर्थतन्त्रहरुले वृद्धि गरिरहेका छन् ।
रोजगारीको दर अमेरिका र युरोपमा उच्च छ । अमेरिकामा कामको ज्याला पनि बढ्न थालेको छ । र, धेरै कम्पनीहरुसँग यथेष्ट पैसा छ, जसले गर्दा उनीहरु स–साना समस्या त सहजै पार गर्न सक्ने हैसियतमा छन् ।
‘औद्योगिक रोजगारी उच्च छ । उपभोक्ताहरुको मनोबल पनि उच्च नै छ । उपभोग घटेको छैन । तर, व्यवसायीहरुको मनोबल भने गिरेको छ ।
ब्रेक्जिट, अमेरिका–चीन व्यापार युद्धको कारण यस्तो भएको हुनसक्छ । लगानी घटेको छ । त्यसैले अहिलेको प्रश्न भनेको हामीले राजनीतिक समस्याहरु हल गर्न सक्छौं कि सक्दैनौं भन्ने हो ।
र, बेलायतले अक्टोबर ३१, २०१९ मा युरोपियन युनियनसँग कुनै दीर्घकालिन सम्झौता बिना (नो डिल ब्रेक्जिट) छुट्टिएमा आर्थिक अवस्था सम्हाल्न धेरै कठिन हुनसक्छ,’ भारतीय केन्द्रिय बैंकका पूर्व गर्भनर एवं अर्थशास्त्री रघुराम राजन बताउँछन् । रघुरामले सन् २००८ को आर्थिक मन्दीको पूर्वानुमान गरेका थिए ।
आर्थिक मन्दीका बेला कमजोर र असुरक्षित जनसंख्यालाई झन् धेरै प्रभाव पर्न सक्छ । उनीहरुमा यस्तो संकटबाट त्राण पाउने स्रोत र कौशल दुवै हुँदैन ।
जोखिमलाई नजरअन्दाज गर्न सकिदैन । विश्व व्यापारमा समस्याहरु छन् । मुद्रा युद्ध चलिरहेको छ । बे्रक्जीटको प्रक्रिया चालु छ । र, केही कम्पनीहरु उच्च सञ्चित ऋणका कारण वित्तीय जोखिममा छन् । यस्ता समस्याहरु थप सघन भएमा विश्व आर्थिक मन्दीको चपेटामा नफस्ला भनेर भन्न सकिदैन ।
नतिजा नाटकीय हुन सक्छ, आर्थिक क्रियाकलापको लागि मात्र नभएर असमानताको खाडल बढ्दै जान सक्ने जोखिमका कारणले पनि ।आर्थिक मन्दीका बेला कमजोर र असुरक्षित जनसंख्यालाई झन् धेरै प्रभाव पर्न सक्छ । उनीहरुमा यस्तो संकटबाट त्राण पाउने स्रोत र कौशल दुवै हुँदैंन ।
सन् २००८ को आर्थिक मन्दीबाट हाम्रो समाज पूरै ‘रिकभर’ नभइसकेका कारण यसले थप असमानता ल्याउन सक्ने जोखिम बढेको हो ।
अर्थशास्त्रमा नोबल पुरस्कार विजेता अर्थशास्त्री पल क्रुगम्यान भन्छन्, ‘अमेरिकी बण्ड बजारले आगामी वर्ष आर्थिक मन्दीको शुरुवात हुने संभावना देखाएको छ ।
चीन संर्घषरत छ र युरोपमा मन्दी शुरु भइसकेको हुनसक्छ । तर, कुनै एउटा कारणले आगामी आर्थिक मन्दीको शुरुवात हुनसक्छ भनेर यसै भन्न सकिने अवस्था छैन । टेक कम्पनीहरुको ‘बबल’को अपस्फृति (मुद्रा संकुचन) र कर्पोरेट ऋण पनि मुख्य कारणको रुपमा देखिन सक्छन् ।’
अमेरिका र चीनको व्यापार युद्धको समाधान पनि महत्वपूर्ण छ, विश्व अर्थतन्त्रको स्थायित्वको लागि । तर, विषय निकै जटील छ ।अमेरिका र चीनको व्यापार युद्धको अन्तर्य भनेको अमेरिका चीनको उदयबाट डराएको देखिन्छ । र, उसको वृद्धि रोक्न चाहन्छ । तर, रोक्न त धेरै गाह्रो कुरा हो, त्यसको व्यवस्थापन तर्फ जानुपर्छ ।
विश्वव्यापी आर्थिक मन्दीको संकट टार्नको लागि सबै सरकारहरु र व्यवसायहरुको संयुक्त प्रयास जरुरी छ । अघिल्लो मन्दीमा व्यापक प्रयोग भएका कारण वित्तीय औजारहरु ‘थकित’ भएका भए पनि सरकारहरुले बजेट र मौद्रिक नीतिहरु मार्फत मागहरुको वृद्धि गर्न जोड दिनुपर्ने देखिएको छ ।
आ–आफ्नो अर्थतन्त्रको अनुकुलता हेरेर पैसाको प्रवाह बढाउने, सार्वजनिक खर्चहरु बढाउने, कर घटाउने र ‘स्टिमुलस’ प्याकेजहरुको घोषणा गर्ने जस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ । सरकारहरुले चौथो औद्योगिक क्रान्तिबाट दीर्घकालिन फाइदा उठाउन लामो सोच राख्दै उत्पादकत्व बढाउन तर्फ लाग्नु पर्ने देखिन्छ ।
व्यवसायीहरुले धेरै प्रतिक्रियात्मक भएर धेरै छिट्टो आफ्नो लगानीहरु कटौति गर्नुपर्ने छैन । कर्मचारिहरु निकाल्न शुरु गरिहाल्नुपर्ने पनि छैन । जर्मनीले सन् २००८ ताका कर्मचारि कटौती नगरि उनीहरुले काम गर्ने समयमा केही कटौति गरेर सन्तुलन कायम गरेको कुरालाई उदाहरणको रुपमा लिन सकिन्छ ।
अमेरिका र चीनको व्यापार युद्धको समाधान पनि महत्वपूर्ण छ, विश्व अर्थतन्त्रको स्थायित्वको लागि । तर, विषय निकै जटील छ ।
‘अमेरिका र चीनको व्यापार युद्धको अन्तर्य भनेको अमेरिका चीनको उदयबाट डराएको देखिन्छ । र, उसको वृद्धि रोक्न चाहन्छ । तर, रोक्न त धेरै गाह्रो कुरा हो, त्यसको व्यवस्थापन तर्फ जानुपर्छ ।
अहिले अवस्था कस्तो खडा भएको छ भने चीन र अमेरिका दुवैलाई स्वीकार्य हुने गरेर कसरी यो समस्या समाधान गर्न सकिन्छ भनेर कसैलाई पनि थाहा छैन । चीनले आफ्नो आर्थिक वृद्धि कायम नै राख्ने तर, प्रक्रिया बदल्ने र उसले प्रक्रिया बदलेको अमेरिकाले विश्वास गर्ने अवस्थाको सृजना गर्नु नै अहिलेको चुनौती हो,’ रघुराम राजन भन्छन् ।
एजेन्सीको सहयोगमा