नेपाल पुनर्बीमा कम्पनीको लाभांश परिमार्जन, पहिला घोषणा गरेकोभन्दा घटायो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले प्रस्तावित लाभांश परिमार्जन गरेको छ । कम्पनीको मंगलबार बसेको बैठकले यसअघि घोषणा गरेको लाभांश परिमार्जन गरी १ प्रतिशत घटाएको हो ।

 

गत असार ७ गते बसेको बैंकले १६.५० प्रतिशत बोनस र कर प्रयोजनका लागि ३.५० गरी कुल २० प्रतिशत लाभांश् दिने घोषणा गरेको थियो ।

 

तर, मंगलबार बसेको बैठकले उक्त लाभांश परमार्जन गरी १६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद गरी कुल १९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।बीमा समितिको निर्देशन अनुसार प्रस्तावित लाभांश परिमार्जन गरिएको कम्पनीले जनाएको छ ।

 

संशोधित लाभांश अर्थ मन्त्रालय र बीमा समितिको स्वीकृति तथा कम्पनीको साधरणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन् ।

स्वरोजगार लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ? Read Previous

स्वरोजगार लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

नबिल इन्भेष्टमेन्टका दुई म्युचुअल फण्डद्धारा आकर्षक लाभांश घोषणा Read Next

नबिल इन्भेष्टमेन्टका दुई म्युचुअल फण्डद्धारा आकर्षक लाभांश घोषणा