काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
लघुवित्त सञ्चालक समितिको मंगलबार बसेको बैठकले गत आवको वितरण योग्य मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर दिने दिने प्रस्ताव गरेको हो ।
स्वरोजगारले गत वर्ष जनकपुर लघुवित्तलाई प्राप्ति गरेको हुनाले बोनसमा लाग्ने कर छुट पाएको हुँदा नगद भने दिएको छैन ।
लघुवित्तले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुले पाउनेछन्।
हाल ४१ करोड १२ लाख ७९ हजार २९७ रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको बोनसपछि चुक्ता पूँजी ५१ करोड ४० लाख ९९ हजार १२१ रुपैयाँ पुग्नेछ ।