नबिल इन्भेष्टमेन्टका दुई म्युचुअल फण्डद्धारा आकर्षक लाभांश घोषणा

काठमाडौं । नबिल इन्भेष्टमेन्ट अन्तर्गतका दुई म्युचुअल फण्डले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको छ ।

 

योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्टको मंगलबार बसेको सञ्चालक समिति बैठकले नबिल ब्यालेन्स फण्ड-२ र नबिल इक्वीटी फण्डको प्रतिफल घोषणा गरेको हो ।

 

ब्यालेन्स फण्ड-२ का इकाई धनीलाई कर सहित ३५ प्रतिशत नगद दिने घोषणा गरेको हो । यसैगरी, नबिल इक्वीटी फण्डका इकाइधनीलाई करसहित ४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।

 

यी दुवै म्युचुअल फण्डको योजना व्यवस्थापकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । यसलाई नबिल बैंकले प्रवद्र्धन गरेको हो ।

नेपाल पुनर्बीमा कम्पनीको लाभांश परिमार्जन, पहिला घोषणा गरेकोभन्दा घटायो Read Previous

नेपाल पुनर्बीमा कम्पनीको लाभांश परिमार्जन, पहिला घोषणा गरेकोभन्दा घटायो

कोभिडमा अर्थतन्त्र चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण : ढकाल Read Next

कोभिडमा अर्थतन्त्र चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण : ढकाल