काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र साना तथा मझौला व्यवसायी महासंघबीच साना मझौला व्यवसायको प्रवद्र्धनका लागि सम्झौता भएको छ ।
बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुन्जेली र महासंघका अध्यक्ष बाबुकाजी महर्जनबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
महासंघमा आवद्ध १२ हजार भन्दा बढी साना तथा मझौला व्यावसायी लाभान्वित हुने बताइएको छ । खासगरी न्यून आए भएका तथा विपन्न समुदायका व्यक्तिहरुलाई यो सम्झौताले लक्षित गरेको छ ।
सम्झौता अनुसार, व्यवसायीहरुले मेगा बैंकको प्राथमिकताप्राप्त क्षेत्र अन्तर्गतका कर्जा, लघुवित्त कर्जा तथा नेपाल सरकारको सहुलियतपूर्ण कर्जामा प्राथमिकता दिइनेछ ।
साना तथा मझौला व्यवसाय संचालन गरिरहेका तथा नयाँ व्यवसाय संचालन गर्न चाहने नेपालभरका १८ देखि ६० वर्ष उमेरका व्यवसायीहरु लाभान्वित हुने बैंकको विश्वास छ ।
यसैगरी, मेगा बैंकका अन्य कर्जा तथा सेवामा पनि साना मझौला व्यवसायीहरुलाई प्राथमिकता दिने उल्लेख छ ।