ग्लोबल आइएमई बैंकमा व्यवसायी कर्जा ३ दिनमै पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायीलाई ३ दिनभित्र कर्जा उपलब्ध गराउने भएको छ । बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा (एसएमई लोन) योजना ल्याएको जनाएको छ।

 

साना तथा मझौला व्यवसायी कर्जा लिन चाहने ग्राहकहरुले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिनभित्र बिना झन्झट आकर्षक व्याजदरमा कर्जा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

 

सेवाअन्तर्गत आफ्नो व्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना व्यसायीहरुलाई उद्योग व्यवसायको नगद प्रवाहको आधारमा ५ लाख देखि ६ करोडसम्म ऋण उपलब्ध गराइने बैंकले जनाएको छ ।

 

बैंकबाट कर्जा लिनका लागि धेरै समय लागिरहेको अहिलेको परिप्रेक्षमा यस योजना अन्तर्गत ग्राहकलाई छिटो छरितो रुपमा सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलाई हौसला र साथ प्रदान गर्दै उत्पादनमा वृृद्धि गर्ने उद्देश्यका साथ कर्जा लिने समयावधि घटाएको बैंकले जनाएको छ।

 

लक्षित ग्राहकहरुले यो कर्जा सुविधा देशभरका ग्लोबल आइएमई बैंकका १४१ वटा शाखाहरु मार्फत छिटो छरितो रुपमा उपभोग गर्न सक्ने बैंकले जनाएको छ।

आधा दर्जन दूग्ध उद्योगमा शिलबन्दी Read Previous

आधा दर्जन दूग्ध उद्योगमा शिलबन्दी

मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता Read Next

मेगा बैंक र साना तथा मझौला व्यवसायी महासंघबीच सम्झौता