महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङबाट विद्युत् महशुल तिर्न सकिने

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल विद्युत् प्राधिकरण बीच विद्युत् महशुल बुझाउन सहजीकरण गर्ने सम्बन्धी सम्झौता भएको छ ।

 

सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले हस्ताक्षर गरे ।

 

उक्त सम्झौता अनुसार बैंकका ग्राहक वा जो कोहीले पनि आफूले खपत गरेको विद्युत्को महशुल बैंकको मोबाइल बैंकिङ मार्फत वा बैंकको काउन्टरमा नै उपस्थित भई भुक्तानी गर्न सक्नेछन् ।

 

सम्झौता अनुसार सेवाग्राहीले मासिक ५०० रुपैयाँसम्मको विद्युत् महशुल भुक्तानी गर्दा कुनै पनि सेवा शुल्क तिनुपर्दैन भने ५०१ देखिमाथि ५ लाखसम्मको महशुल भुक्तानीमा ५ रुपैयाँ मात्र सेवा शुल्क लाग्नेछ ।

 

बैंक र प्रधिकरण बीच भएको यस सम्झौताले सर्वसाधारणलाई बिना झन्झट विद्युत् महसुल भुक्तानीमा सहयोग हुने बैंकले विश्वास लिएको छ ।

तामाकोशी जोडिएपछि बिजुली फालाफाल, खेर जाँदा दैनिक ४ करोड नोक्सानी Read Previous

तामाकोशी जोडिएपछि बिजुली फालाफाल, खेर जाँदा दैनिक ४ करोड नोक्सानी

सुनको व्यापार २ वर्ष यताकै उच्च, अर्डरको आधा मात्र सुन पाउँदा व्यापारीलाई माग धान्न हम्मेहम्मे Read Next

सुनको व्यापार २ वर्ष यताकै उच्च, अर्डरको आधा मात्र सुन पाउँदा व्यापारीलाई माग धान्न हम्मेहम्मे