रेल चल्ने टुंगो नहुँदै भर्ना गरिएका कर्मचारी हटाइए

काठमाडौं । नेपाल रेल्वे कम्पनीले यसअघिको नेतृत्वले ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ ।

 

कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले विज्ञप्ति जारी गर्दै ती कर्मचारीलाई आफूखुसी हाजिर नगर्न भनेका हुन् ।

 

कानूनी तथा प्राविधिक कारणले जयनगर–कुर्था खण्डमा रेल सेवा सञ्चालनमा केही समय लाग्ने बताइएको छ ।

 

तत्कालीन व्यवस्थापनबाट ज्यालादारीमा खटाउने भनिएका व्यक्ति हाजिर गरिरहेका बताइएको छ । कार्यालयले काममा नखटाई आफूखुसी हाजिर गरेका आधारमा ज्याला रकम भुक्तानी गर्न नमिल्ने विज्ञप्तिमा उल्लेख छ ।

गफाडी महानगर : ६ महिनामा ४० वटा ‘स्मार्ट शौचालय’ बनाउने घोषणा, काम ३ वर्षमा ५ वटा मात्रै Read Previous

गफाडी महानगर : ६ महिनामा ४० वटा ‘स्मार्ट शौचालय’ बनाउने घोषणा, काम ३ वर्षमा ५ वटा मात्रै

तामाकोशी जोडिएपछि बिजुली फालाफाल, खेर जाँदा दैनिक ४ करोड नोक्सानी Read Next

तामाकोशी जोडिएपछि बिजुली फालाफाल, खेर जाँदा दैनिक ४ करोड नोक्सानी