थामियो सेयर बजारको पहिरो, यस कारण आयो एकाएक उछाल

काठमाडौं । सेयर बजारको पहिरो थामिएको छ । पछिल्लो तीन साता यता निरन्तर ओरालो लागेको बजारमा आज एकाएक उछाल आएको हो ।दिउँसो साढे १ बजेसम्म नेप्से सूचक ११८ अंकले बढेको छ ।

 

हिजो एकैदिन नेप्से १०८ अंकले घटेपछि लगानीकर्ता आन्दोलित भएको थिए भने गभर्नरको राजीनामा समेत मागेका थिए ।  लगानीकर्ता आन्दोलनमै उत्रिएपछि अर्थमन्त्री जनादर्न शर्माले आज गर्भनर महाप्रसाद अधिकारीलाई फोन गरी  सोबारे चासो राखेको थिए ।

 

अर्थमन्त्रीले गभर्नरलाई पूँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन जहाँ जे सुधार गर्नुपर्ने हो त्यो गरेर पूँजी बजारको समस्या समाधान गर्न आग्रह गरेका थिए ।

 

गभर्नर अधिकारीले पनि आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिबद्ध रहेको बताएको जनाइएको छ ।

 

गर्भनरले पूँजी बजारको समस्या समाधान गर्न प्रतिबद्ध रहेको जनाएसँगै लगानीकर्ता उत्साहित हुँदा एकाएक बजारमा उछाल आएको हो ।

 

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर कर्जामा कडाइ गरेपछि त्यसयता बजारमा निरन्तर ओरालो लागेको थियो । पछिल्लो ३ सातामा मात्रै नेप्से झण्डै ४०० अंकले घटेको थियो ।

 

अर्थमन्त्रीको गर्भनरलाई फोन, भने-कहाँ के गर्नुपर्ने हो त्यो गरेर पूँजी बजारको समस्या समाधान गर्नू Read Previous

अर्थमन्त्रीको गर्भनरलाई फोन, भने-कहाँ के गर्नुपर्ने हो त्यो गरेर पूँजी बजारको समस्या समाधान गर्नू

पहिरोले सडक अवरुद्ध हुँदा ४ जिल्लामा पेट्रोलियम पदार्थ अभाव Read Next

पहिरोले सडक अवरुद्ध हुँदा ४ जिल्लामा पेट्रोलियम पदार्थ अभाव