अर्थमन्त्रीको गर्भनरलाई फोन, भने-कहाँ के गर्नुपर्ने हो त्यो गरेर पूँजी बजारको समस्या समाधान गर्नू

काठमाडौं । सेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ ।

 

राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पूँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमबार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन कुराकानी गरेका छन् ।

 

कुराकानीका क्रममा अर्थमन्त्री शर्माले पूँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन आग्रह गरे । उनेले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पूँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भनेका छन् ।

 

जवाफमा गभर्नर अधिकारीले आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाएका छन् ।

हल खुले, तर चलाउने फिल्म छैनन्, निर्माता भन्छन्- देशभरका हल नखुली नयाँ फिल्म रिलिज हुँदैन Read Previous

हल खुले, तर चलाउने फिल्म छैनन्, निर्माता भन्छन्- देशभरका हल नखुली नयाँ फिल्म रिलिज हुँदैन

थामियो सेयर बजारको पहिरो, यस कारण आयो एकाएक उछाल Read Next

थामियो सेयर बजारको पहिरो, यस कारण आयो एकाएक उछाल