सेयर बजारमा इतिहासकै ठूलो गिरावट, ४० मिनेटका लागि कारोबार स्थगित

काठमाडौं । सेयर बजारमा अहिलेसम्मकै ठूलो पहिरो गएको छ । बजार खुलेको २ घण्टा (१ बजेसम्म)मा नेप्से १४५ अंकले घटेर ४० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

 

एकैदिन यति धेरै अंकले घटेको यो इतिहासमै पहिलोपटक हो । यसअघि २०७७ असार २३ गते एकैदिन १२३ अंकले घटेको थियो ।

 

आज कारोबार शुरु भएको २ घण्टामा ७ अर्ब १९ करोडको कारोबार भएको छ । कारोबारमा आएका २१५ कम्पनीमध्ये २०९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ५ दर्जन बढी कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक व्यक्तिले सेयर धितोमा एउटा बैंकबाट ४ करोड र अन्यबाट गरी कुल १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेको थियो । त्यसको प्रभाव बजारमा पर्दा निरन्तर गिरावट आएको हो ।

 

मौद्रिक नीतिपछि नेप्से सूचकमा करिब ४५० अंकको गिरावट आइसकेको छ भने घट्ने क्रम रोकिएको छैन ।

सेयर बजारमा भीषण पहिरो, लगानीकर्ता आत्तिएर धमाधम सेयर बेच्न थाले Read Previous

सेयर बजारमा भीषण पहिरो, लगानीकर्ता आत्तिएर धमाधम सेयर बेच्न थाले

चन्द्रागिरि रिसोर्ट : पूर्वाधार र मेनु 'लक्जरी' होटलको जस्तै, सेवा भने सामान्य लजको भन्दा 'झुर' Read Next

चन्द्रागिरि रिसोर्ट : पूर्वाधार र मेनु 'लक्जरी' होटलको जस्तै, सेवा भने सामान्य लजको भन्दा 'झुर'