सेयर बजारमा भीषण पहिरो, लगानीकर्ता आत्तिएर धमाधम सेयर बेच्न थाले

काठमाडौं । सेयर बजारमा भीषण पहिरो गएको छ । बजार खुलेदेखि निरन्तर ओरालो लागेको बजार १२ः१५ मिनेटसम्म ११० अंकले घटेको हो ।

 

नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीति सार्वजसनिक गरे यता निरन्तर ओरालो लागेको बजारले आज पनि सो यात्रा जारी राखेको हो ।

 

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक व्यक्तिले सेयर धितोमा एउटा बैंकबाट ४ करोड र अन्यबाट गरी कुल १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेको थियो । सेयर कर्जामा कडाइ गरेको थियो । त्यसको प्रभाव बजारमा पर्दा निरन्तर गिरावट आएको हो ।

 

मौद्रिक नीतिपछि नेप्से सूचकमा करिब ४०० अंकको गिरावट आइसकेको छ भने घट्ने क्रम रोकिएको छैन ।

 

निरन्तर बजार बजार घट्न थालेपछि लगानीकर्ता आत्तिन थालेका छन् । दैनिक बजार घटेपछि उनीहरुले घाटामै भए पनि सेयर बेच्न थालेको देखिन्छ ।

 

यसअघि पनि नियामक निकायहरुले अनेक फण्डा चलाएर बजार घटाउने गरेको र यसपटक पनि राष्ट्र बैंक सो अभियानमा सफल भएको लगानीकर्ताहरुको आरोप छ ।

 

आजदेखि ‘लाइसेन्स’ परीक्षा पुनः शुरू, लिखितमा ६० अङ्क ल्याए पास हुने Read Previous

आजदेखि ‘लाइसेन्स’ परीक्षा पुनः शुरू, लिखितमा ६० अङ्क ल्याए पास हुने

सेयर बजारमा इतिहासकै ठूलो गिरावट, ४० मिनेटका लागि कारोबार स्थगित Read Next

सेयर बजारमा इतिहासकै ठूलो गिरावट, ४० मिनेटका लागि कारोबार स्थगित