निर्माण सामग्री ढुवानी गर्ने गाडी ८ घण्टा मात्र चल्न पाइने, कति बजेदेखि कतिबजेसम्म ?

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले निर्माण सामग्री ढुवानी गर्न पाउने समय तोकेको छ ।प्रशासनले काठमाडौं उपत्यका भित्र ८ घण्टा मात्र निर्माण सामग्री ढुवानी गर्न पाउने गरी समय सीमा तोकेको हो ।

 

प्रशासनले बुधबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी गर्ने सवारीसाधन बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म संचालन गर्न पाउने जनाएको हो ।

 

स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजेसम्म गर्न पाइनेछ ।

 

 

काठमाडौं उपत्यकामा निषेधाज्ञा हट्यो, अब के-के खुला भयो ? Read Previous

काठमाडौं उपत्यकामा निषेधाज्ञा हट्यो, अब के-के खुला भयो ?

सेयर बजारमा झिनो सुधार, यी हुन् धेरै मूल्य बढ्ने ७ कम्पनी Read Next

सेयर बजारमा झिनो सुधार, यी हुन् धेरै मूल्य बढ्ने ७ कम्पनी