काठमाडौं उपत्यकामा निषेधाज्ञा हट्यो, अब के-के खुला भयो ?
चाणक्य पोष्ट
प्रकाशित : 2:48 pm, बुधबार, भदौ १६, २०७८

Advertisement Section

काठमाडौं । काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा हटाइएको छ । बुधबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले ५ महिनादेखि जारी निषेधाज्ञा हटाउने निर्णण गरेका हुन् ।

 

काठमाडौं जिल्ला प्रशासनले एक विज्ञप्ति जारी गर्दै निषेधाज्ञा हटेको जानकारी गराएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले विज्ञप्तिमार्फत ‘निषेध’ शब्दलाई हटाएर भदौ मसान्तसम्म लागू हुने आदेश जारी गरेका छन् ।

 

प्रशासनद्धारा जारी आदेश अनुसार यसअघि शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा ‍पठनपाठन गर्न नपाउने जनाइएको छ । यदि, गर्नैपर्ने अवस्थामा स्मार्ट लकडाउनको प्रावधान भित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न सक्ने छन् ।

 

त्यस्तै पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू सञ्चालन गर्न पाइने भएको छ । ढुवानीको हकमा भने प्रशासनले समय सीमा तोकेको छ । स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजेसम्म र सार्वजनिक तथा निजी निर्माण कार्यको लागि बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म निर्माण सामग्री ढुवानी गर्न पाइने छ ।

 

अनावश्यक रुपमा मानिस जम्मा हुन, भीड गर्न, सभा, जुलुस, भोजभतेर गर्न भने नपाउने जिल्ला प्रशासनले जनाएको छ ।

Advertisement Section