लक्ष्मी बैंकको नयाँ शाखा सुनसरीको चिमडीमा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने सुनसरीको बर्जु गाँउपालिका–६, चिमडीमा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो बैंकको १३५ औं शाखा हो ।

 

यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बंैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

 

यस नयाँ शाखाबाट आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने बैंकले विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।

 

यो शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

 

लक्ष्मी बैंकको शाखा संजाल ४९ जिल्लामा १३५ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६५ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

 

सानिमा इक्विटी फण्डको आकर्षक लाभांश घोषणा Read Previous

सानिमा इक्विटी फण्डको आकर्षक लाभांश घोषणा

चितवनको पटिहानीमा पाँचतारे रिसोर्ट सञ्चालनको अन्तिम तयारी, यस्ता छन् सुविधा Read Next

चितवनको पटिहानीमा पाँचतारे रिसोर्ट सञ्चालनको अन्तिम तयारी, यस्ता छन् सुविधा