काठमाडौं । सानिमा इक्विटी फण्डले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लाभांश घोषणा गरेको छ ।
योजना व्यवस्थापक सानिमा क्यापिटलको मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित ३३ प्रतिशत नगद दिने घोषणा गरेको हो ।
यसैगरी,क्यापिटलको बैठकले सानिमा लार्ज क्याप फण्डका इकाइधनीलाई करसहित ४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ ।
यी दुवै म्युचुअल फण्डको योजना व्यवस्थापकमा सानिमा क्यापिटल रहेको छ । यसलाई सानिमा बैंकले प्रवद्र्धन गरेको हो ।