एभरेष्ट प्रिमियर लिग विजेताले ५० लाख पाउने

काठमाडौं । चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको विजेता टोलीले ५० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।

 

आगामी असोज ९ देखि २३ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले ५० लाख रुपैयाँ र उपविजेताले १५ लाख रुपैयाँ प्रदान गर्ने आयोजक ईपीएल प्रालिले जनाएको छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

 

यस संस्करणको खेलमा ईपीएलले पुरस्कार राशिमा दोब्बर वृद्धि गरेको छ । अघिल्लो संस्करणको विजेता टोलीले २५ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गरेको थियो । अघिल्लो संस्करणको फाइनल खेलमा ललितपुरले भैरहवालाई पराजित गर्दै उपाधि जितेको थियो ।

 

प्रतियोगितामा विभिन्न छ शहरका फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्ससँगै काठमाडौँ किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्नेछन् ।

भोलिदेखि पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदै Read Previous

भोलिदेखि पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला हुँदै

जगदम्बा स्टीलमा तोडफोड गर्नेलाई कारबाही गर्न महासंघको माग Read Next

जगदम्बा स्टीलमा तोडफोड गर्नेलाई कारबाही गर्न महासंघको माग