काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि (सोमबार) बाट ४ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। राष्ट्र बैंकले तरलता सन्तुलन राख्न ट्रेजरी बिल बिक्री गरेर आन्तरिक ऋण उठाउन लागेको हो ।
राष्ट्र बैंकले दुई फरक–फरक अवधिको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले ९१ दिन अवधिको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँ र ३६४ दिन अवधिको २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । ९१ दिन अवधिको ट्रेजरी बिल २०७६ मंसिर १० गते र ३६४ दिन अवधिको ट्रेजरी बिल २०७७ भदौ ९ गते परिपक्क हुनेछ ।
बोलकबोल मार्फत बिक्री गर्न लागेको उक्त ट्रेजरी बिलमा सोमबार मध्याह्न ३ बजेसम्म अनलाईन विडिङ्ग प्रणाली मार्फत बोलकबोल गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ।
मंगलबार जारी हुने ट्रेजरी बिलको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत सहभागी हुन सक्नेछन् ।
सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन ।
बोलकबोलमा सबैभन्दा बढी मूल्य उल्लेख गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखेर क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड गरिने राष्ट्र बैंकले जनाएको छ।