काठमाडौं । इन्डस्ट्रि रिडिफाइनिङ स्मार्टफोन ब्राण्ड पोकोले आफ्नो बहुप्रतीक्षित स्मार्टफोन पोको एफ जीटीको लन्च गरेको छ ।
एफ सिरिजलाई नयाँउचाइमा पुर्याउँदै, पोको एफ ३ जीटीले शक्तिशाली अनुभव, उन्नत गेमप्ले, उत्कृष्ट क्यामेराका क्षमताहरु एवं अरुशीर्ष सुविधाहरु प्रदान गर्दछ । जुनसबै यसको विशिष्ट परिष्कृत, स्टाइलिश र प्रिमियम ’स्लिपस्ट्रीम’ डिजाइन मा प्याक रहेको छ ।
पोकोले भर्खरै लन्चगरेको स्मार्टफोन यस कम्पनीको सबैभन्दा आशाजनक, सुरुचीपूर्या र कमाण्डिङ उपकरण होजसले प्रयोगकर्ताहरुलाई आफ्नो स्मार्टफोनका अनुभवलाई एक स्तर माथि लैजान मद्दत गर्दछ ।
फ्यागसिप मिडिया टेकचिपसेट, फिजिकल पप–अप म्यागलेभ ट्रिगर, टर्बो एमोलेडको १२० हट्र्जको रिफ्रेश रेट र ४८०हट्र्जकोटच स्याम्प्लिंंगरेटसंग इन्टिग्रेटेड रहेको पोको एफ ३ जीटीले प्रिमियम अनुभवको प्रदान गर्दछ ।
यो एक प्रिमियम स्मार्टफोन हो जुनएक स्वीच को एक झट्कामा नैगेमिंगबिस्टको रुपमा रूपान्तरित हुन्छ, र यो फोन बेस्ट अफबोथ द वल्ड फिटेड इनवानको सबै भन्दा राम्रो उदाहरण हो ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, ‘सन् २०१८ मा पोको एफसिरिज भित्रिएपछि यसले नेपाली बजारमा पहिले कहिल्यै नपुर्याएको प्रभाव पुर्याएको थियो। नयाँपोको एफ ३ जीटीको मार्फत हामी एक पटक फेरी सफलता को पुनःनिर्माण गर्ने लक्ष्य कायम राख्दछाैं ।’
उनले फोनको विशेषता बताउँदै थपे, ‘हाम्रो फ्यागसिपएफ सिरीजको उद्देश्य भनेको उपभोक्ताहरुलाई सबै भन्दा राम्रो स्पेसिफिकेसन र एक प्रिमियम डिजाइन प्रदान गर्नु हो जुन सबै एउटै एकल प्याकेजमा उपलब्ध हुन्छ । यस दर्शनमा निर्मित हामी पोको एफ ३ जीटीलाई हाम्रा प्रयोगकर्ताहरु र प्रशंसकहरु मार्फत प्रस्तुत गर्न पाउँदा अत्यन्तै उत्साहित छौंँ । टर्बो एमोलेड डिस्प्लेको साथसाथै प्रिमियम ग्लास कन्स्ट्रक्ट मा बेस्ट–इन–सेग्मेन्ट डुअल स्टेरियो स्पीकरसँंग प्याक गरिएको स्मार्टफोनले पावर प्याक सुविधाहरुलाई डाइमेन्सिटी १२०० को साथमा उत्कृष्ट प्रदर्शन प्रदान गरिरहेको छ र यसले सेग्मेन्टमा पहिले कहिल्यै नदेखिएको डिजाइन प्रस्तुत गर्दछ । हामी दृढ विश्वास गर्दछौं कि पोको एफ ३ जीटी डिजाइन, मिडिया, र उच्च प्रदर्शनको एक सही एकीकरण हो ।’
पोको एफ ३ जीटी दुईवटा रंगको भेरियन्टमा उपलब्ध छ । गनमेटल सिल्भर र प्रिडेटर ब्ल्याक । यो अगष्ट ३१ बाट अथोराइज्ड स्टोरहरु, अनलाइन र रिटेल पार्टनरहरुमा उपलब्ध हुनेछ ।
८ जीबी +२५६ जीबीको बजार मूल्य नेपाली ५६ हजार ९९९ रुपैयाँ रहेको छ ।