बुधबारदेखि पोखरा-सिमरा सिधा उडान हुने, कति छ भाडादर ?

काठमाडौं । प्रादेशिक उडान विस्तारमा केन्द्रित बुद्ध एयरले राजधानी काठमाडौँबाहेक पर्यटकीय नगरी पोखरालाई देशको विभिन्न प्रदेशसँग सिधा उडान सञ्चालनलाई तीव्रता दिएको छ ।

 

पोखरालाई विभिन्न प्रदेशबाट हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालेको बुद्धले बुधबार (भदौ १६ गते)देखि पोखराबाट सिमराको सिधा उडान गर्ने भएको हो । यस रुटको भाडादर ४ हजार ७७० रुपैयाँ ताकिएको कम्पनीले जनाएको छ ।

 

यसअघि नै पोखरालाई भैरहवा, भरतपुर बाट सिधा उडान विस्तार गरेको कम्पनीले केही साता अगाडि नेपालगञ्जलाई पनि पोखरासँग सिधा उडानबाट जोडेको थियो ।

 

देशको महत्वपूर्ण व्यापारिक केन्द्र वीरगञ्ज र भारतीय सीमा क्षेत्रका पर्यटकलाई लक्षित गर्दै कम्पनीले सिमराबाट सिधा उडान भर्ने तालिका सार्वजनिक गरेको छ । शुरुआतमा साताको तीन दिन अर्थात् आइतबार, बुधबार र शुक्रबार उडान भर्नेछन् ।

 

यात्रुको मागअनुसार बुद्ध एयरले दैनिक उडान भर्ने पनि योजना बनाएको छ । पोखराबाट–सिमरा १२ः२० र सिमराबाट–पोखराको उडान १३ः१५ बजे तोकिएको छ । उडानबाट दुवै प्रदेश तथा शहरका जनता लाभान्वित हुने कम्पनीको विश्वास छ ।

 

बुद्ध एयरसँग एटीआर–७२ जहाज १० वटा, एटीआर–४२ जहाज तीन र क्राफ्ट दुई वटा रहेका छन् ।

 

सिमरा र वीरगञ्जका लागि आकर्षक होलिडे प्याकेज

 

बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले सिमरा र वीरगञ्ज गन्तव्यका लागि आकर्षक होलिडे प्याकेज ल्याएको छ ।

 

सिमरा–पोखरा प्याकेजका लागि १० हजार ९९९ रुपैयाँमा दुई रात तीन दिनको प्याकेज, जसमा दुईतर्फी हवाई टिकट, पोखरा विमानस्थलबाट होटल तथा होटलबाट पोखरा विमानस्थल गाडी सुविधा, वातानुकूलित ट्वीन शेयरिङ रुम र बिहानको ब्रेकफास्ट संलग्न रहेको छ ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई यात्रु ७३ प्रतिशत घटे Read Previous

कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई यात्रु ७३ प्रतिशत घटे

‘दुर्गन्धले सडकमा हिँड्नै नसक्ने भइसक्यो, निकम्मा ! महानगर के रमिता हेरेर बसेको छ ?’ Read Next

‘दुर्गन्धले सडकमा हिँड्नै नसक्ने भइसक्यो, निकम्मा ! महानगर के रमिता हेरेर बसेको छ ?’