तेह्रथुम पावरको आइपीओमा हालसम्मकै दोस्रो धेरै आवेदन, कतिले भरे ?

काठमाडौं । तेह्रथुम पावर कम्पनीको प्राथमिक साधरण सेयर (आइपीआ)मा आवेदनको ओइरो लागेको छ ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनआएबीएल एस क्यापिटलका अनुसार आइतबार ५ बजेसम्म २३ लाख ५७ हजार ९ जनाले ३ करोड १२ लाख ५४ हजार २२० कित्ताका लागि आवेदन दिएका छन् ।यद्यपि, अन्तिम तथ्यांक आइनसकेकाले आवेदकको संख्या बढ्न सक्ने क्यापिटलले जनाएको छ ।

 

तेह्रथुमको आइपीओमा परेको आवेदन हालसम्मकै दोस्रो धेरै हो । यसअघि सानिमा लाइफ इन्स्योरेन्सको आइपीओमा २४ लाख बढीले आवेदन दिएका थिए ।

 

कम्पनीले भदौ ९ देखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको थियोे ।निष्काशित कुल सेयरमध्ये १६ हजार कित्ता आयोजनाका कर्मचारी (२ प्रतिशत) र ४० हजार कित्ता (५ प्रतिशत)सामूहिक लगानी कोषहरु र ७ लाख ४४ हजार कित्ताका लागि सर्वसाधरणका लागि छुट्याइएको थियो ।

 

कम्पनीले धितोपत्र बोर्डबाट १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपीओ विक्री गर्न अनुमति पाएको थियो । जसमा कम्पनीले पहिलो चरणमा साउन ५ देखि आयोजना प्रभावित क्षेत्र तेह्रथुमबासीलाई ४ लाख कित्ता जारी गरिसकेको छ ।

 

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।

 

कम्पनीले हाल तेह्रथुममा ७.५ मेगावटको अपर खोरुङ स्मल हाइड्रोपावर प्रोजेक्ट निर्माण गरिरहेको छ । उक्त आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत १८ करोड ३० लाख रुपैयाँ छ ।

 

हाल २८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओ पछि चुक्ता पूँजी ४० करोड पुग्नेछ ।

ड्राइभिङ लाइसेन्सको परीक्षा भदौ १७ देखि गर्न पत्राचार, ट्रायल कहिलेबाट ? Read Previous

ड्राइभिङ लाइसेन्सको परीक्षा भदौ १७ देखि गर्न पत्राचार, ट्रायल कहिलेबाट ?

तीनकुने 'आर्क ब्रिज' बनाउन ७ कम्पनीको आवेदन, कात्तिक भित्र ठेक्का लाग्ने Read Next

तीनकुने 'आर्क ब्रिज' बनाउन ७ कम्पनीको आवेदन, कात्तिक भित्र ठेक्का लाग्ने