अब नेपाल-श्रीलंका सिधा हवाई उडान हुने, कति पर्छ भाडा ?

काठमाडौं । आगामी मंगलबार (भदौ १५ गते)देखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ ।

 

नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं–कोलम्बो सिधा हवाई उडान शुरु हुने जानकारी दिएकी हुन् ।

 

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौं–कोलम्बो हप्तामा दुई उडान हुनेछ । हप्ताको दुई दिन मंगलबार र शनिबार काठमाडौं–कोलम्बो उडान हुने प्राधिकरणले जनाएको छ ।

 

श्रीलंकाको राष्ट्रिय ध्वजाबाहक श्रीलंकन एयरबाट उडान हुनेछ । काठमाडौं–कोलम्बोको भाडादर न्यूनतम ५९९ डलरदेखि अधिकतम ११५८ डलरसम्म तोकिएको छ ।

एपलका प्रमुख कार्यकारी टीम कुकले पाए ८७ अर्ब बराबरको बोनस सेयर Read Previous

एपलका प्रमुख कार्यकारी टीम कुकले पाए ८७ अर्ब बराबरको बोनस सेयर

सेयर बजारमा पहिरो, यी ६ कम्पनीका लगानीकर्ता भने मालामाल Read Next

सेयर बजारमा पहिरो, यी ६ कम्पनीका लगानीकर्ता भने मालामाल