काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेटले एनसेलसँगको सहकार्यमा ‘अल इन वान, भायानेट पर्पल प्याक’ अफर ल्याएको छ ।
यसअफर अन्तर्गत ८० एमबीपीएस भायानेट इन्टरनेट लिंदा ग्राहकले १७५ भन्दा बढी च्यानल भएको भायाटीभीसँगै एनसेल सिम सित्तैमा पाउने छन् ।
साथै, सो सिममार्फत ग्राहकले प्रत्येक महिना ४ जीबीका दरले १ वर्षसम्म कुल ४८ जीबी मोबाइल डेटा सित्तैमा पाउने कम्पनीले जनाएको छ ।
त्यसैगरी, यो सिममार्फत ग्राहकले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डेटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने छन् ।
यी सबै सुविधाहरु ग्राहकहरुले जम्मा मासिक १ हजार ६०० रुपैयाँमा पाउन सक्नेछन् । यो अफर भायानेटको १०० एमबीपीएस इन्टरनेटमा पनि उपलब्ध छ ।
सुपर स्पीड इन्टरनेट, मनोरञ्जनको लागि १७५ भन्दा बढी च्यानल भएको भायाटीभी, एनसेलको फष्ट क्लास मोबाइल डेटा प्याक, फ्रि टकटाइम, एसएमएस लगायतका सुविधा भएकोले यो पर्पल प्याक, साँच्चै नै ‘अल–इन–वान’ भएको कम्पनीको भनाइ छ