काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले यात्रुलाई आकर्षित गर्न शनिबार अफर ल्याएको छ ।
यसअघि पनि पटकपटक विभिन्न अफर ल्याएको कम्पनीले आगामी शनिबार (भदौ १२ गते) का लागि सस्तो टिकट अफर ल्याएको हो ।
एयरलाइन्सले मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी विभिन्न ७ गन्तव्यको टिकट सस्तो मूल्यमा किन्न सकिने अफर ल्याएको हो ।
एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं–पोखरा, काठमाडौं–सिमरा र काठमाडौं–जनकपुरको एकतर्फी टिकट १ हजार ५०० रुपैयाँमा किन्न सकिनेछ ।
यस्तै, काठमाडौं–विराटनगरको एकतर्फी टिकट १ हजार ९०० रुपैयाँ, काठमाडौं-भैरहवा २ हजार, काठमाडौं–भद्रपुर २ हजार ५०० र काठमाडौं–नेपालगञ्ज २ हजार ६०० रुपैयाँमा किन्न सकिने एयरलाइन्सले जनाएको छ ।
