काठमाडौं । ग्लोबल आइएमई बैंकले विद्युतीय गाडी किन्न ७.२९ प्रतिशत (प्रिमियम सहित) ब्याजमै ऋण दिने भएको छ । बैंकले चाडपर्वलाई लक्षित गरी अटो एक्प्रेस (ड्राइभ उत्सव’ योजना अन्तर्गत यस्तो अफर ल्याएको हो ।
यस्तै, बैंकले अटो एक्प्रेस योजना अन्तर्गत नै ७ वर्ष अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियम सहित)मा अन्य सवारी साधन कर्जा दिने भएको छ ।
बैंकका अनुसार ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ वर्ष अवधिको लागि जुनसुकै निजी सवारी कर्जा दिनेछ । बैंकका अनुसार आवेदन प्रक्रिया पूरा भएको दुई कार्य दिनमा कर्जा दिइनेछ ।
बैंकले यो योजना निश्चित अवधिका लागि सबै शाखाबाट उपलब्ध हुने जनाएको छ । यसअघि बैंकले ७.९९ प्रतिशत ब्याजदरमै घर कर्जा योजना पनि ल्याएको थियो ।