सेयर बजारमा लगातार पहिरो, यी हुन् धेरै गुमाउने ७ कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार पहिरो गएको छ । मंगलबार ५६ अंकले घटेको बजार आज पनि ४८ अंकले घटेको छ । दुई कारोबार दिनमै नेप्से सूचक १०५ अंकले घटेको हो ।

 

सूचकसँगै कारोबार रकममा पनि भारी गिरावट आएको छ । गतहप्ता दैनिक २० अर्ब बढीको कारोबार हुँदै आएकोमा आज १२ अर्बमा सीमित भएको छ ।

 

आज सेयर बजार मापक सूचक नेप्से ४८.४२ अंकले घटेर ३१७६.४४ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२७ कम्पनीको १२ अर्ब ९ करोड २१ लाख ३ हजार ५०४ रुपैयाँ बराबरको १ करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर किनबेच भएका छन् ।

 

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएका छन् । निर्जीवन बीमा समूह सबैभन्दा धेरै २.८४ प्रतिशतले घटेको छ । यस्तै, विकास बैंक र उत्पादनमूलक समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

आज कारोबारमा आएका २२७ कम्पनीमध्ये जम्मा २६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ कम्पनीको मूल्यमा गिरावट आएको छ । ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

 

आज अरुण काबेली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको साढे ४८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । यस्तै रिडी हाइड्रोपावर ४८ करोड र अरुण भ्याली हाइड्रोपावर ४६ करोडसहित सर्वाधिक कारोबार हुने शीर्ष तीन भित्र रहे ।

 

उच्च अंकले घटेको बजारमा आज खानीखोला हाइड्रोपावरको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसको मूल्य करिब १० प्रतिशतले घटेको छ ।

 

यसैगरी, आज जानकी फाइनान्स ६.०५ प्रतिश, जनरल इन्स्योरेन्स, नेपाल फाइनान्स, हिमालयन पावर, फर्स्ट माइक्रोफाइनान्स र रुरु जलविद्युतको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।

 

घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । जीवन विकास लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने आइसीएफसी फाइनान्सको मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।

सर्वोत्तमको सेयर खरिदमा नाम जोडिएपछि चन्द्र ढकाल बोर्डको संचालकबाट बाहिरिए Read Previous

सर्वोत्तमको सेयर खरिदमा नाम जोडिएपछि चन्द्र ढकाल बोर्डको संचालकबाट बाहिरिए

सहरको मुहार फेर्दै ‘डिजिटल होर्डिङ बोर्ड’, काठमाडौंका यी १४ ठाउँमा राख्न अनुमति Read Next

सहरको मुहार फेर्दै ‘डिजिटल होर्डिङ बोर्ड’, काठमाडौंका यी १४ ठाउँमा राख्न अनुमति