काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल धितोपत्र बोर्डको संचालकबाट बाहिरिने निर्णय गरेका छन् ।
बुक बिडिल्ङ विधिबाट आइपीओ जारी गर्न लागेका सर्वोत्तम सिमेन्टको सेयर खरीदमा उनको नाम जोडिएपछि ढकालले बोर्ड सदस्य छाड्ने निर्णय गरेका हुन् ।
‘म पब्लिक कम्पनीमा आबद्ध भएकाले विवाद शुरु भएपछि त्यहाँ बस्न उचित ठाँनिन्,’ ढकालले चाणक्य पोष्टसँग भने, ‘त्यसैले मार्गप्रशस्त गरेको जानकारी महासंघ अध्यक्षलाई गराएँ । अब महासंघले अन्य व्यक्तिलाई त्यहाँ पठाउँछ ।’
यसअघि सोही विवादमा मुछिएका नेप्सेका सीईओ चन्द्रसिंह साउदले पनि पदबाट राजीनामा दिएका थिए ।
विवादमा मुछिएका एकपछि अर्को व्यक्तिले राजीनामा दिए पछि बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई पनि राजीनामा दिन दबाब परेको छ । यद्यपि, ढुंगानाले अहिलेसम्म आफ्नो राजीनामा बारे केही जानकारी दिएका छैनन ।