एचआइडीसीएलको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किन्नेले भर्न पाउँछन् ?

काठमाडौं । हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले निष्काशन गरेको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

 

कम्पनीले साउन ५ गतेदेखि विक्रीमा ल्याएको हाल कायम चुक्ता पूँजीको १ः१ अनुपात (शतप्रतिशत) हकप्रदमा आवेदन दिने आज अन्तिम दिन हो ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ११ अर्ब रुपैयाँ बराबरको ११ करोड हकप्रद विक्रीमा ल्याएको हो । कम्पनीले पहिलोपटक हकप्रदमा आवेदन दिने समय साउन २५ गतेसम्म तोकिएको थियो । सो अवधिमा नबिकेपछि फेरि १५ दिन थप गरिएको समय आज सकिन लागेको हो ।

 

कम्पनीको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिलट लिमिटेड रहेको छ।हकप्रदमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखाहरु, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोसेयर मार्फत आवेदन दिन सकिनेछ ।

 

कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनका लागि जेठ २८ गते बुक क्लोज मिति तोकेको थियो । तसर्थ, जेठ २७ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीको हकप्रद भर्न पाउनेछन् ।

 

हाल ११ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद पछि चुक्ता पूँजी २२ अर्ब रुपैयाँ पुग्नेछ ।

निगमले फेर बढायो ग्यास र पेट्रोलको भाउ, कति पुग्यो ? Read Previous

निगमले फेर बढायो ग्यास र पेट्रोलको भाउ, कति पुग्यो ?

हाइड्रोपावरको संख्या बढ्दै, लगानी रकम घट्दै Read Next

हाइड्रोपावरको संख्या बढ्दै, लगानी रकम घट्दै