निगमले फेर बढायो ग्यास र पेट्रोलको भाउ, कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले सोमबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टीतेलमा पनि प्रतिलिटर २२ रुपैयाँ भाउ बढाएको हो ।

 

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १३० रुपैयाँ पुगेको छ । यस्तै डिजल र मट्टीतेल प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोल प्रतिलिटर १२८, डिजल र मट्टीतेल प्रतिलिटर १११ रुपैयाँमा विक्री हुँदै आएको थियो ।

 

यस्तै, निगमले खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ वृद्धि गरेको छ । यसअघि प्रतिसिलिण्डर १ हजार ४२५ रुपैयाँमा कारोबार हुँदै आएको ग्यास अब १ हजार ४५० रुपैयाँ पुगेको छ ।

 

यसैगरी, आन्तरिकतर्फको हवाई इन्धनको मूल्यसमेत प्रतिलिटर २ रुपैयाँले वृद्धि भई ८६ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय हवाई इन्धनतर्फ प्रतिकिलो १६ डलरले वृद्धि गरी ७७० अमेरिकी डलर कायम गरिएको छ ।

 

मूल्य बढाउँदा समेत पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ४२ पैसा, डिजलमा प्रतिलिटर २ रुपैयाँ ६४ पैसा र ग्यासमा प्रतिसिलण्डर ४२० रुपैयाँ ७५ पैसा घाटा रहेको निगमको जिकिर छ ।

 

निषेधाज्ञा जारी रहेको अवस्थामा पछिल्लो १५ दिनमा मात्रै निगमलाई ९६ करोड ९ लाख रुपैयाँ घाटा हुने देखिएको छ । निगमका अनुसार पेट्रोलमा कूल १९ करोड, डिजलमा १९ करोड ६ लाख र खाना पकाउने एलपी ग्यासमा ६२ करोड २२ लाख रुपैयाँ बराबरको घाटा रहेको छ ।

 

इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पछिल्लो मूल्य सूचीअनुसार पछिल्लो १५ दिनमा १ अर्ब १५ करोड २२ लाख रुपैयाँ बराबरको घाटा हुने देखिएपछि मूल्य वृद्धि गरिएको निगमले जनाएको छ ।

 

भारतीय सीमा क्षेत्रमा पेट्रोल प्रतिलिटर ४१ रुपैयाँ १९ पैसा, डिजल प्रतिलिटर ४४ रुपैयाँ ४ पैसा नेपालतर्फ सस्तो रहेको छ ।

'मान्छे बाँचेका छन्, ठमेल भने मरिसक्यो' Read Previous

'मान्छे बाँचेका छन्, ठमेल भने मरिसक्यो'

एचआइडीसीएलको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किन्नेले भर्न पाउँछन् ? Read Next

एचआइडीसीएलको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किन्नेले भर्न पाउँछन् ?