हाइड्रोपावरको संख्या बढ्दै, लगानी रकम घट्दै

काठमाडौं । सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको र उद्योगमा लगानी गर्ने अवसर सृजना भएको बताइरहँदा उद्योग स्थापनामा भने आकर्षण देखिएको छैन ।

 

गतवर्षको तुलनामा उद्योेग विभागमा दर्ताको भएको नयाँ उद्योग संख्या र कुल पूँजी विश्लेषणका आधारणमा सरकारको आकर्षक नाराले उद्योगमा लगानी क्रम प्रभाव नपरेको देखिएको हो ।

 

गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा दर्ता हुने हाइड्रोपावरको संख्या वृद्धि भए पनि लगानी रकम भने एकदमै कम देखिएको छ ।

 

उद्योग विभागका अनुसार चालु आर्थिक (२०७८/७९) वर्षको पहिलो महिना (साउन)मा ६ वटा दर्ता हाइड्रोपावरमा भएका छन् । जुन संख्या आर्थिक गत आवकोभन्दा एउटाले धेरै हो गत आवको साउनमा ५ वटा हाइड्रोपावरमा दर्ता भएका थिए ।

 

चालु आर्थिक वर्षमा द र्ता भएका ६ वटा हाइड्रोपावरमा कुल ८ अर्ब ५३ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । जबकी गत वर्षको सोही अवधिमा दर्ता भएका ५ वटा हाइड्रोपावरमा कुल ३० अर्ब ३५ करोड लगानी प्रतिबद्धता आएको थियो । यो चालू आवमा आएको प्रतिबद्धता रकमभन्दा २२ अर्बले बढी हो ।

 

गत वर्ष लगानीकर्ताले ठूला आयोजनामा लगानी गरेको देखिए पनि चालू आवमा साना आयोजनामा लगानी गरेको देखिन्छ ।

 

विभागका अनुसार चालु आवमा इष्ट सोलारमा ६० करोड ५० लाख, बुटवल पावर कम्पनीमा (चिनिखोला जलविद्युत् आयोजना) १ अर्ब २९ करोड ६३ लाख ५७ हजार ६०४, हिमालयन इन्जिनियरिङ् एण्ड इनर्जीमा ४४ करोड १२ लाख ६४ हजार ४४७, पुवाखोला-१) हाइड्रोपावर (आयु मलुन जलविद्युत् आयोजना) मा ३ अर्ब ८१ करोड ५० लाख, भदौली खोला हाइड्रोपावरमा ४७ करोड ६१ लाख र हिमाली हाइड्रो फण्डमा १ अर्ब ९० करोड गरी कुल ८ अर्ब ५३ करोड ३७ लाख २२ हजार ५१ रुपैयाँ लगानी प्रतिबद्धता आएको हो ।

 

गत आर्थिक वर्षमा ऊर्जामूलक क्षेत्रमा ३० नयाँ उद्योग दर्ता भएका थिए । सो विद्युतीय उद्योगहरु १ खर्ब ९ अर्ब ९७ करोड रुपैयाँ स्वदेशी लगानीमा उत्पादन गरिने गरी दर्ता भएका थिए । ती उद्योगहरु सञ्चालनमा आएपछि कुल १ हजार ५ सय ७ जनाले रोजगार पाउने अनुमान गरिएको थियो ।

 

सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा १५ सय विद्युत उत्पादन वृद्धि गर्ने लक्ष्य राखेको छ ।

 

एचआइडीसीएलको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किन्नेले भर्न पाउँछन् ? Read Previous

एचआइडीसीएलको हकप्रद भर्ने आज अन्तिम दिन, कहिलेसम्म सेयर किन्नेले भर्न पाउँछन् ?

नेपालगञ्ज-गुलरिया सडक ४ लेनमा विस्तार हुँदै Read Next

नेपालगञ्ज-गुलरिया सडक ४ लेनमा विस्तार हुँदै