वर्ष दिनमा भित्रियो साढे २१ अर्बको गेडागुडी

काठमाडौं । कृषि प्रधान मुलुक भनिए पनि नेपालमा खाद्यान्न आयत वर्षेनी बढ्दै गएको छ । गत वर्ष मात्रै करिब २ खर्ब बढीको चामल, दाल, गेडागुडी लगायत खाद्यान्य आयात भएको तथ्यांक्ले देखाएको छ ।

 

यसैक्रममा, एक वर्षको अवधिमा साढे २१ अर्ब बढीको गेडागुडी आयात भएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष आर्थिक वर्ष २०७७/७८ मा कुल २१ अर्ब ६३ करोड ४९ लाख रुपैयाँ बराबरको गेडागु्डी आयात भएको छ ।

 

उक्त रकममा कुल २८ करोड ६२ लाख केजी गेडागुडी आयात भएको विभागले जनाएको छ । सो आयातका क्रममा सरकारले २ अर्ब ३० करोड ५७ लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

 

गत वर्ष अघिल्लो आवकोभन्दा करिब साढे ३ अर्ब बढीको गेडागुडी आयात भएको विभागको तथ्यांकले देखाएको छ । अघिल्लो आव २०७६/७७ मा १८ अर्ब १९ करोड ५० लाख रुपैयाँ बराबरको गेडागुडी आयात भएको थियो । सो आवमा ३३ करोड ९९ लाख केजी गेगागुडी आयात भएको थियो ।

 

यसरी आयात हुने क्रममा केराउ, चना, भटमास, राजमा, बोडी लगायतका विभिन्न गेडागुडीहरू रहेका छन् । गत वर्ष नेपालमा केराउ ३ अर्ब २६ करोड ८६ लाख रुपौयाँ बराबरको ५ करोड ८५ लाख १९ हजार केजी केराउ आयात भएको हो ।

 

यसैगरी, ३ अर्ब ६४ करोड ९२ लाख रुपैयाँ बराबरको ५ करोड १७ लाख ७८ हजार केजी चना, ४ अर्ब ६७ करोड ५२ लाख रुपैयाँको ४ करोड ७२ लाख केजी बोडी, २१ करोड ३६ लाख रुपैयाँ बराबरको २५ लाख १३ हजार केजी र ७ अर्ब बराबरको अन्य गेडागुडी आयत भएको विभागको तथ्यांकले देखाएको छ ।

 

अब देशका मुख्य सडक र पर्यटकीय क्षेत्रमा 'स्मार्ट लाइट', पहिलो चरणमा यी ठाउँमा हुँदैछ काम Read Previous

अब देशका मुख्य सडक र पर्यटकीय क्षेत्रमा 'स्मार्ट लाइट', पहिलो चरणमा यी ठाउँमा हुँदैछ काम

वन क्षेत्र बढ्यो, तर बढेन काठ उत्पादन, आयातमा वर्षेनी अर्बौं बाहिरिँदै Read Next

वन क्षेत्र बढ्यो, तर बढेन काठ उत्पादन, आयातमा वर्षेनी अर्बौं बाहिरिँदै