अब मेरो सेयरको पासवर्ड बिर्से आफैं परिवर्तन गर्न सकिने, यसरी गर्नुस् परिवर्तन

काठमाडौं । अब मेरो सेयरको पासवर्ड बिर्सिएमा लगानीकर्ताले आफैं परिवर्तन गर्न सक्ने भएका छन् ।

 

केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी)ले मेरो सेयरमा पासवर्ड परिवर्तन गर्न सक्ने (फरगेट योर पासवर्ड) फिचर थपेसँगै आफैं पासवर्ड परिवर्तन गर्न सकिने भएको हो ।

 

सीडीएससीले शुक्रबारदेखि मेरो सेयरको वेबसाइटमा उक्त फिचर थप गरेको हो । फिचर थप गरेसँगै सर्वसाधारणले अब आँफै पासवर्ड परिवर्तन गर्न सक्ने छन् ।

 

यस अघि भने पासवर्ड बिर्सिएमा सर्वसाधारणले निक्षेप सदस्य पासवर्ड परिवर्तन गर्न अनुरोध गर्नुपर्ने स्थिति रहेको थियो ।अब भने लगानीकर्ता यो झन्झटबाट मुक्त भएका छन् ।

 

कसरी गर्ने पासवर्ड परिवर्तन ?

 

यदि, कसैले मेरो सेयरको पासवर्ड बिर्सिएमा सबैभन्दा पहिले मेरोसेयरको स्क्रीनमा देखिने फरगेट पासवर्डमा क्लिक गर्नुपर्छ ।

 

उक्त फिचरमा क्लिक गरेपछि लगानीकर्ताले आफ्नो निक्षेप सदस्य (डिम्याट खाता खोलेको संस्था)नाम, आफ्नो युजर नेम, इमेल र जन्म मिति इन्ट्री गरी सेन्ड गुर्नपर्नेछ ।

 

त्यसपछि सिस्टमले पासवर्ड परिवर्तन भएको जानकारी र परिवर्तन भएको पासवर्ड इमेलमा पठाउँछ । इमेलमा आएको पासवर्ड प्रयोग गरी खाता चलाउन सक्ने सीडीएससीले जनाएको छ ।

 

बैंक अफ काठमाण्डूको कन्ट्याक्टलेस डेबिट कार्ड सञ्चालनमा Read Previous

बैंक अफ काठमाण्डूको कन्ट्याक्टलेस डेबिट कार्ड सञ्चालनमा

पोखराको झल्को दिने देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट, पर्यटकीय गन्तव्य बन्न सक्ने Read Next

पोखराको झल्को दिने देशकै ठूलो मानवनिर्मित तालमा चल्न थाल्यो जेटबोट, पर्यटकीय गन्तव्य बन्न सक्ने