बैंक अफ काठमाण्डूको कन्ट्याक्टलेस डेबिट कार्ड सञ्चालनमा

काठमडौं । बैंक अफ काठमाण्डूले प्रविधिको उच्चतम् प्रयोग गरी ग्राहकलाई उत्कृष्ट सेवा तथा सुविधाहरू उपलब्ध गराउने क्रममा कन्ट्याक्टलेस भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ ।

 

‘नियर फिल्ड कम्युनिकेशन’मा आधारित उक्त कार्ड एनएफुी युक्त अर्थात ट्याप सुविधा भएको पीओएस मेसिनहरूमा प्रयोग गरी ग्राहकले भुक्तानी गर्न सकिने सुविधामा आधारित सुविधा ल्याएको हो ।

 

यस प्रविधिमा मेसिन भित्र कार्ड नराखी एउटा सीमित दूरीबाट पीओएस मेसिनमा ट्याप मात्र गरी भुक्तानी गर्न सकिन्छ । कोरोना महामारी जोखिममा न्यूनीकरणको लागि यस कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकले व्यक्तिगत दूरी कायम गर्न सहज हुनेछ । हाललाई यस प्रविधि मार्फत ग्राहकले प्रति कारोबार २ हजार रुपैयाँसम्म कारोबार गर्न सक्नेछन् ।

 

बैंकले हाल देशभर ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आएको छ ।

सडकमा कालोपत्रको सट्टा कंक्रिट, टोखामा ५१ किलोमिटर सडक ढलान Read Previous

सडकमा कालोपत्रको सट्टा कंक्रिट, टोखामा ५१ किलोमिटर सडक ढलान

अब मेरो सेयरको पासवर्ड बिर्से आफैं परिवर्तन गर्न सकिने, यसरी गर्नुस् परिवर्तन Read Next

अब मेरो सेयरको पासवर्ड बिर्से आफैं परिवर्तन गर्न सकिने, यसरी गर्नुस् परिवर्तन