प्रदेश १ मा सार्वजनिक सवारीसाधनको भाडा बढ्यो

मोरङ । प्रदेश नं १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारी साधनको भाडादर वृद्धि गर्ने निर्णय गरेको छ ।

 

भौतिक पूर्वाधार विकास मन्त्रालयले यात्रुवाहक सवारी साधनमा २२ प्रतिशत, तराईको बाटोमा मालवाहकमा २३ प्रतिशत र पहाडी बाटोमा मालवाहकमा १६ प्रतिशत भाडादर वृद्धि गरेको मन्त्रालयका महाशाखा प्रमुख रामप्रसाद फुँयालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

 

प्रदेशभित्रका विभिन्न रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको भाडादर मन्त्रालयको यही भदौ १ गते बसेको मन्त्रिस्तरीय बैठकले निर्णय गरी सोही मितिदेखि लागू हुने सूचनामा उल्लेख गरिएको छ ।रासस

हाथवे इन्भेष्टमेन्टको बम्पर लाभांश घोषणा, प्रतिकित्ता ५० रुपैयाँ दरले आइपीओ ल्याउने Read Previous

हाथवे इन्भेष्टमेन्टको बम्पर लाभांश घोषणा, प्रतिकित्ता ५० रुपैयाँ दरले आइपीओ ल्याउने

विदेशी लगानीको हालसम्मकै ठूलो माथिल्लो त्रिशुली-१ जलविद्युत् निर्माण शुरू Read Next

विदेशी लगानीको हालसम्मकै ठूलो माथिल्लो त्रिशुली-१ जलविद्युत् निर्माण शुरू