हाथवे इन्भेष्टमेन्टको बम्पर लाभांश घोषणा, प्रतिकित्ता ५० रुपैयाँ दरले आइपीओ ल्याउने

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल कम्पनीले सेयरधनीलाई बम्पर लाभांश दिने भएको छ । कम्पनी संचालक समितिको बैठकले गत वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र ३० प्रतिशत नगद गरी कुल ५५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

 

कम्पनीले प्रस्तावित लाभांश पारित गर्न भदौ २५ गते १३ औं वार्षिक साधारण सभा बोलाएको छ । सभा रजिष्ट्रर्ड कार्यालय, लैनचौर काठमाडौंमा दिउँसो २ बजेबाट जुम मार्फत शुरु हुनेछ ।

 

यस्तै, कम्पनीले सभामा सर्वसाधरणलाई सेयर जारी गर्ने प्रस्ताव पनि एजेन्डाको रुपमा लैजाने भएको छ । कम्पनीले जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५ प्रतिशत बराबरको १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको २९ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँको दरले आइपीओ जारी गर्न लागेको हो ।

 

यसैगरी, सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाहका विषमा छलफल हुँदैछ । यसैगरी, आर्थिक वर्ष २०७८/७९ का लागि लेखा परीक्षक नियुक्त गर्ने लगायत एजेन्डा लैजाने भएको छ ।

 

कम्पनीमा आइएमई ग्रुप, प्रभु ग्रुप, भाटभटेनी ग्रुपलगायतको लगानी रहेको छ ।

ठूलो तामझामले भित्र्याइएको रेल नगुडी 'कवाडी' बन्दै ! Read Previous

ठूलो तामझामले भित्र्याइएको रेल नगुडी 'कवाडी' बन्दै !

प्रदेश १ मा सार्वजनिक सवारीसाधनको भाडा बढ्यो Read Next

प्रदेश १ मा सार्वजनिक सवारीसाधनको भाडा बढ्यो