पहिरोले नौबिसे-नागढुङ्गा सडकखण्ड अवरुद्ध

काठमाडौं । पहिराले नौबिसे-नागढुङ्गा सडकखण्ड अवरुद्ध त्रिभुवन राजपथअन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ ।

 

सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिए ।

 

लगातार पानी परिरहेका कारण पहिरो हटाउन केही समय लाग्ने र पहिरामा फसेको ना२ख ८३५३ नम्बरको ट्रकलाई निकालिएको उनले बताए । सडक फराकिलो पार्ने क्रममा पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ ।

अरुण काबेलीको लाभांश घोषणा, १०० प्रतिशत हकप्रद पनि ल्याउने Read Previous

अरुण काबेलीको लाभांश घोषणा, १०० प्रतिशत हकप्रद पनि ल्याउने

आफ्ना सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन विकास बैंकहरूको माग Read Next

आफ्ना सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन विकास बैंकहरूको माग