काठमाडौं । अरुण कावेली पावरले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनी संचालक समितिको मंगलबार बसेको बैठकले गत आवको नाफाबाट १७ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८९ प्रतिशत गरी कुल १७.८९ लाभांश दिने निर्णय गरेको हो ।
साथै, कम्पनीले उक्त बोनस वितरणपछि कायम हुने चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले लाभांश र हकप्रद प्रूताव पारित गर्न भदौ २६ गते वार्षिक साधरण सभा बोलाएको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १५ गतेदेखि २५ गतेसम्म बुकक्लोज मिति तोकेको छ । तसर्थ, भदौ १४ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।