काठमाडौं । निजी क्षेत्रको वायुसेवा प्रदायक यती एयरलाइन्सले यात्रुलाई आकर्षित गर्न फेरि सस्तो टिकट अफर ल्याएको छ ।
यसअघि पनि पटक पटक यस्तो अफर ल्याएको कम्पनीले आज एक दिन (अगस्ट १७ तारिख)का लागि फेरि अफर ल्याएको हो ।
एयरलाइन्सले मोबाइल एपबाट प्रोमो कोड प्रयोग गरी ५ गन्तव्यको टिकट सस्तो मूल्यमा किन्न सकिने अफर ल्याएको हो ।
एयरलाइन्सका अनुसार प्रोमो कोड प्रयोगगरी काठमाडौं-पोखरा र काठमाडौं-सिमराको एकतर्फी टिकट १ हजार ५०० रुपैयाँमा किन्न सकिनेछ । यस्तै, काठमाडौं-भद्रपुरको एकतर्फी टिकटदर १ हजार ९०० रुपैयाँ रहेको छ ।
यस्तै, एयरलाइन्स सोही रुटमा फर्किँदा भने टिकटदर केही महँगो रहेको छ । पोखरा-काठमाडौं र भद्रपुर-काठमाडौंको समान २२ हजार रुपैयाँ तोकेको छ । यस्तै, नेपालगञ्ज काठमाडौंको एकतर्फी टिकट ३ हजार रुपैयाँमै पाइने कम्पनीले जनाएको छ ।