बुद्धभूमि नेपाल हाइड्रोको आइपीओ ई-सेवाबाट पनि भर्न मिल्ने, यसरी भर्नुहोस्

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले सोमबारदेखि आयोजना प्रभावित नुवाकोटका स्थानीयका लागि विक्रीमा ल्याएको साधरण सेयर (आइपीओ) ई-सेवाबाटै भर्न मिल्ने भएको छ ।

 

बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गर्दै तोकिएका बैंक तथा वित्तीय संस्थाका साथै ई–सेवाबाट पनि भर्न मिल्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आइपीओ विक्रीमा ल्याएको हो । कम्पनीको आइपीओमा १४ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन पाउनेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

 

लगानीकर्ताले आइपीओमा ज्योति विकास बैंक, प्रभु बैंक र सिभिल बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

 

कम्पनीले धितोपत्र बोर्डबाट १२ लाख कित्ता आइपीओ जारी गर्न अनुमति पाएको छ । पहिलो चरणमा स्थानीयलाई ४ लाख कित्ता आइपीओ जारी गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि ८ लाख कित्ता सेयर जारी गर्नेछ ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ। कम्पनीको आइपीओलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

 

कम्पनीले हाल नुवाकोटमा ४.९९ मेगावाटको तल्लो ताँदी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

 

ई-सेवाबाट यसरी दिनुहोस् आवेदन

 

१. सर्वप्रथम इसेवा लगइन गरी  BBHCL – IPO (Local People) अप्सनमा क्लिक गर्ने ।

 

२. त्यसपछि नुवाकोटवासी भएको नभएको कन्फर्म गर्नुहोस् ।

 

३. त्यसपछि खुल्ने फर्ममा आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता, पैसा फिर्ता हुने माध्यम लगायत विवरण भर्नुहोस् ।

 

४. सबै विवरण भरेपछि प्रोसिड क्लिक गरी आवेदन दिन सकिनेछ ।

 

अपी पावरले बोनस र हकप्रद पारित गर्न डाक्यो साधरणसभा, कहिलेसम्म सेयर किन्नेले पाउँछन् ? Read Previous

अपी पावरले बोनस र हकप्रद पारित गर्न डाक्यो साधरणसभा, कहिलेसम्म सेयर किन्नेले पाउँछन् ?

यतीले फेरि ल्यायो सस्तो टिकट अफर : काठमाडौं-पोखरा १५०० रुपैयाँ, अन्य ठाउँको कति ? Read Next

यतीले फेरि ल्यायो सस्तो टिकट अफर : काठमाडौं-पोखरा १५०० रुपैयाँ, अन्य ठाउँको कति ?