अपी पावरले बोनस र हकप्रद पारित गर्न डाक्यो साधरणसभा, कहिलेसम्म सेयर किन्नेले पाउँछन् ?

काठमाडौं । अपि पावर कम्पनीले बोनस र हकप्रद सेयर प्रस्ताव पारित गर्न वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीले भदौ २५ गते उक्त प्रस्ताव पारित गर्न साधरण सभा बोलाएको हो ।

 

कम्पनीको १८ औं वार्षिक सभा प्रधान कार्यालय, ट्रेड टावर थापाथलीमा साधारण सभा डाकेको हो । कम्पनीले सभामा गत आर्थिक वर्ष २०७७/७८ को खुद मुनाफाबाट घोषणा गरेको १०.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५५ प्रतिशत नगद लाभांश वितरण गर्ने र बोनसपछि कायम हुने चुक्ता पूँजीको १ः०.३९३६ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ ।

 

कम्पनीले सभा प्रयोजनका लागि भदौ १८ गतेदेखि २४ गतेसम्म बुकक्लोज मिति तोकेको छ । तसर्थ, भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले प्रस्तावित बोनस र हकप्रद सेयर पाउनेछन् ।

ठूला पूर्वाधार निर्माणमा फड्को मार्दै भरतपुर, बिजनेश कम्प्लेक्सदेखि रंगशालासम्म धमाधम बन्दै Read Previous

ठूला पूर्वाधार निर्माणमा फड्को मार्दै भरतपुर, बिजनेश कम्प्लेक्सदेखि रंगशालासम्म धमाधम बन्दै

बुद्धभूमि नेपाल हाइड्रोको आइपीओ ई-सेवाबाट पनि भर्न मिल्ने, यसरी भर्नुहोस् Read Next

बुद्धभूमि नेपाल हाइड्रोको आइपीओ ई-सेवाबाट पनि भर्न मिल्ने, यसरी भर्नुहोस्