नेप्सेका सीईओ साउदलाई प्रश्न : रेफ्री नै खेलमा सहभागी भएमा खेलको निर्णय कसले दिन्छ ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का कार्यकारी निर्देशक चन्द्रसिंह साउदले सर्वोत्तम सिमेन्टको शेयरका सम्बन्धमा संसदीय समितिले उठाएको प्रश्नलाई स्वीकार गरेका छन् ।

 

बैठकमा सांसदले नियमन निकाय स्टक एक्सचेञ्जका प्रमुुख कार्यकारी र परिवार नै कारोवारमा संलग्न हुने विषयले समग्र शेयर बजारको काम कारवाहीको निष्पक्षतामाथि प्रश्न उब्जिएको जनाउँदै कानूनी छिद्रलाई देखाई पन्छन पाइँदैन भनी निर्देशक साउदको ध्यानाकर्षण गराए ।

 

सांसद रामकुमारी झाँक्रीले भनिन्, “यो आर्थिक अराजकताको पराकास्ट हो । कानूनको कमजोर स्थानमा टेक्ने होइन, उठेका विषय सम्बोधन गरिनुपर्छ । सार्वजनिक पदधारण गर्नेमा आत्मअनुुशासन र नैतिकता हुन पदैन र ?” जवाफमा निर्देशक साउदले भने, “नियम कानूनको परिधिभित्रै रहेर सर्वोत्तम सिमेन्टसँग जोडिएको विषयमा काम भएको हो । अहिले मलाई त्यसमा प्रवेश नगरेको भए पनि हुन्थ्यो की भन्ने महसुस भएको छ । अब यस्ता नमूना प्रश्न उब्जन दिइने छैनौँ ।”

 

सर्वोत्तम सिमेन्ट नेप्सेमा आएको सूचीकृत कम्पनी नभएको बताउँदै उनले भने, “आगामी दिनमा यस्ता नमूना प्रश्नबाट टाढै रहने प्रतिबद्धता दिलाउन चाहन्छु ।”

 

नेप्सेले आचारसंहिता र कर्मचारी नियमावलीभित्र रहेर निर्णय गरेको भए पनि समाजबाट आउन सक्ने प्रश्नको पाटोलाई ध्यान दिँदै आगामी दिनमा यस्ता कमी कमजोरीलाई सुधार गरिने कार्यकारी निर्देशक साउदले स्पष्ट गरे । उनले भने, “कानून र नियम हेरी सेयर किनेकै हो । नियमले मात्र हुँदोरहेनछ, हाम्रो पछाडि समाज पनि छ, भन्ने अहिले महसुस भएको छ ।”

 

यसअघि बैठकमा सभापति कृष्णप्रसाद दाहालले कतिपय खेलमा नियुुक्त गरिएका रेफ्री (निर्णायक) नै खेलमा सहभागी भएमा खेलको निर्णय कसले दिन्छ ? भनी प्रश्न गर्दै सर्वोत्तमसम्बन्धी विषय पनि यस्तै होइन र भनी जिज्ञासा राखे । सभापति दाहाले भने, “माननीयज्यूलाई पनि भन्न चाहन्छु आइपीओभन्दा बाहेक सेयरमा संलग्न हुने कुराबाट आफूलाई टाढा राख्नुहोला । हामी पनि नियामक निकायजस्तै भूमिकामा छौँ । हाम्रो पनि नैतिकतासँग जोडिन्छ सचेत गराउन चाहन्छु ।

 

धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका विषयमा उठेका प्रश्नबारे अरु नियमक निकाय र अर्थ मन्त्रालयसँग छलफल गरिने गरिने समितिका सचिव डा सुरेन्द्र अर्यालले जानकारी दिए। मुलुकमा शेयरको कारोवार गर्ने ९७ निकाय रहेकामा ८० प्रतिशत कारोवार उपत्यकामै रहेका ५० कम्पनीबाट हुँदै आएको छ ।

जबरजस्ती हटाइएको भन्दै हितेन्द्रदेव पुगे सर्वोच्च, कुलमानको नियुक्ति खारेजीको माग Read Previous

जबरजस्ती हटाइएको भन्दै हितेन्द्रदेव पुगे सर्वोच्च, कुलमानको नियुक्ति खारेजीको माग

न्यादी हाइड्रोपावरको आइपीओ खुल्यो, ५० हजार कित्ता भर्न पाइने Read Next

न्यादी हाइड्रोपावरको आइपीओ खुल्यो, ५० हजार कित्ता भर्न पाइने