रौतहटको गरुडामा लक्ष्मी बैंकको नयाँ शाखा संचालनमा

काठमाडौं । लक्ष्मी बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा  रौतहटको गरुडा नगरपालिका-४, गरुडा बजारमा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यो बैंकको १३४ औं शाखा हो ।

 

यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।

 

नयाँ शाखा खोलेसँगै बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा आफनो शाखा सेवा विस्तार गर्दै आएको छ ।

 

गरुडामा शाखाको विस्तारसँगै बैंकले ग्राहकलाई उनीहरुकै रोजाईको माध्यम अर्थात् शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवाप्रादन गरी शहरी तथा अर्धशहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

 

योसँगै लक्ष्मी बैंकको शाखासंजाल ४९ जिल्लामा १३४ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १६३ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ ।

सनराइज फर्स्ट म्युचुअल फण्डको बम्पर लाभांश घोषणा Read Previous

सनराइज फर्स्ट म्युचुअल फण्डको बम्पर लाभांश घोषणा

सेयर बजारमा ८ लाख सक्रिय लगानीकर्ता, मेरो सेयर लिने २८ लाख पुगे Read Next

सेयर बजारमा ८ लाख सक्रिय लगानीकर्ता, मेरो सेयर लिने २८ लाख पुगे