३.२५ अर्ब खुद नाफा कमाएको एनआइसी एशियाको वितरण योग्य नाफा कति ?

काठमाडौं । एनआइसी एशिया बैंकको खुद नाफामा सामान्य सुधार आएको छ । बैंकले शनिबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ३ अर्ब २५ करोड १० लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

 

यो अघिल्लो आव २०७६र७७ को सोही अवधिको तुलनामा ४.९२ प्रतिशत अर्थात् १६ करोडले बढी हो । बैंकले अघिल्लो आवको असार मसान्तसम्म ३ अर्ब ९ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

 

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी, संचालन नाफा बढेसँगै खुद नाफा पनि बढेको हो । बैंकको खुद ब्याज आम्दानी २१.३४ प्रतिशतले बढेर ९ अर्ब २२ करोड पुगेको छ । यस्तै, बैंकको संचालन नाफा ८.२१ प्रतिशतले बढेर ४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

 

११ अर्ब ५६ करोड चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब १७ करोड, रिटेन अर्निङमा १ अर्ब ९५ करोड रुपैयाँ संचित छ । यस अवधिमा बैंकको वितरण योग्य नाफा १ अर्ब ९२ करोड १७ लाख रुपैयाँ छ।

 

असार मसान्तसम्ममा बैंकले २ खर्ब ८६ अर्ब निक्षेप संकलन गरी २ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ४२.२५ प्रतिशत र कर्जा लगानी विस्तार ५५.३३ प्रतिशतले सुधार भएको हो।

 

खुद नाफा बढे पनि बैंकको प्रतिसेयर आम्दानी ३१.८९रुपैयाँबाट घटेर २८.११ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३५.३६ गुणा, सीसीडी अनुपात ८१.१२ प्रतिशत, आधारदर ६.८४ प्रतिशत र स्प्रेडदर ३.७३ प्रतिशत र खराब कर्जा ०.४६ प्रतिशत रहेको छ ।

गाडी किनेर स्वरोजगार बन्न चाहनेले ५ प्रतिशतमै २५ लाख ऋण पाउने Read Previous

गाडी किनेर स्वरोजगार बन्न चाहनेले ५ प्रतिशतमै २५ लाख ऋण पाउने

मौद्रिक नीतिले कोभिडपछिको पुनरूत्थानमा सकारात्मक प्रभाव पार्छ : महासंघ Read Next

मौद्रिक नीतिले कोभिडपछिको पुनरूत्थानमा सकारात्मक प्रभाव पार्छ : महासंघ